माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण हुँदै

काठमाडौं - आज नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीका बीचमा पार्टी एकीकरण हुने भएको छ ।
सोमबार बिहान ११:३० बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा पार्टी एकीकरण घोषणा सभा राखिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
घोषणासभा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२ ११:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय