Harsamaya
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
लुम्बिनी प्रदेशसभाको बैठक।

काठमाडौं - आज लुम्बिनी प्रदेशसभाको बैठक बस्दैछ ।

आइतबार दिउँसो १ बजे बस्ने गरी उक्त बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२र०८३ को प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता ९कर प्रस्ताव बाहेक० सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत कार्यसूची रहेको छ ।

यसअघि सरकारले पेश गरेको नीति तथा कार्यक्रम शनिबार बसेको प्रदेशसभा बैठकले पास गरेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update