
काठमाडौं - रवि लामिछानेकी श्रीमती निकिता पौडेलले न्यायालयमाथिको आस्था र विश्वासको जग बेस्सरी हल्लिएको बताएका छिन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै पौडेलले गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको बताएकी हुन् ।
विश्वासको जग स्थिर हुन्छ कि सदाकी लागि ढल्छ उनले लेखेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि पौडेलले फेसबुकमा लामो स्टाटस लेखेकी हुन् । लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा शुक्रबार सर्वोच्चले रिहाइको आदेश दिएको थिएन ।
‘केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो। नियत नै राखेर थुनियो। गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन। अब, न्याय माग्न म कहाँ जाऊँ? मनको डर मेटाउन कसलाई गुहारौं?’, उनले प्रश्न गरेकी छिन् ।
>