Harsamaya
हर समय
हर समय
डडेल्धुरामा गोली प्रहार गरी श्रीमतीको हत्या
डडेल्धुरामा गोली प्रहार गरी श्रीमतीको हत्या उनले घरायसी विवाद हुँदा सोमबार बेलुका २४ वर्षीया श्रीमती अस्मिता थापा मगरको भरूवा बन्दुकले गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ। 
आज माघे सङ्क्रान्ति पर्व मनाइँदै
आज माघे सङ्क्रान्ति पर्व मनाइँदै आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ...
अमेरिकी डलरको भाउ बढ्यो
अमेरिकी डलरको भाउ बढ्यो अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८० पैसा र बिक्रीदर ९६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
नेप्से परिसूचक १५ अंकले घट्यो
नेप्से परिसूचक १५ अंकले घट्यो आज विभिन्न तीन सय २२ कम्पनीका एक करोड ३८ लाख ७० हजार पाँच सय ७९ कित्ता सेयर ६४ हजार दुई सय ७८ पटक खरिदबिक्री हुँदा ६ अर्ब ६५ करोड आठ लाख ८३ हजार बराबरको कारोबार भएको छ ।
अभ्यास खेलमा नेपाल नौ रनले पराजित
अभ्यास खेलमा नेपाल नौ रनले पराजित नेपालका लागि सीमाना केसीले २३, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाए भने वेस्ट इन्डिजका लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले समान दुई तथा केनिका क्यासरले एक विकेट लिएका थिइन् ।
'भार मापनमा लापर्बाही गर्दा दुम्कीबासको पुल भाँचियो'
'भार मापनमा लापर्बाही गर्दा दुम्कीबासको पुल भाँचियो' भारवहन नियमन सम्बन्धी कार्यविधि २०७१ ( संशोधन २०७४) लागू गरेको अवस्थामा तौलपुलले जारी गरेको प्रमाणित कागजात लिएर हिड्नुपर्ने व्यवस्थालाई भारतीय ट्रकले उल्लंघन गरेको महासंघको भनाइ छ । महासंघले भारतीय मालवाहक सवारी साधनको निर्बाध आवागमनमा रोक लगाई ७२ घण्टे प्रवेश पास खारेज गर्न माग गरेको छ ।
देवी प्रतिभा फेरि नेपाल आइपुगिन् 
देवी प्रतिभा फेरि नेपाल आइपुगिन्  प्यार से बोलो ना भनेर चर्चाको शिखरमा पुगेकी कथावाचिका देवी प्रतिभा १० दिनसम्म नेपालमा नै बस्ने कार्यक्रम रहेको छ। यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर संसारभर रहेका नेपालीको मन जितेकी २३ वर्षीया काभ्रेली चेली विश्वकै बढी खोजीले कथावाचिकाको रूपमा पर्छिन्।
अमेरिकाले आगो निभाउन खटायो कैदी, राम्रो गर्नेलाई १० डलरसम्म तलब
अमेरिकाले आगो निभाउन खटायो कैदी, राम्रो गर्नेलाई १० डलरसम्म तलब आगलागीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ । लाखौं प्रयासको बाबजुद जो बाइडेन प्रशासन यो आगो निभाउन असफल भइरहेको छ। यसको मुख्य कारण यतिबेला अमेरिकामा आएको हिउँ आँधीका कारण चलिरहेको तीव्र हावालाई मानिएको छ ।
Weather Update