Harsamaya
सिके राउतबाट फुटेको जनस्वराज पार्टी आयोगमा दर्ता
निर्वाचन आयोग ।

काठमाडौं - डा. सिके राउत नेतृत्वको जनमत पार्टी फुटाएर जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । जनमत पार्टीको ५२ जनाको केन्द्रीय समितिबाट १४ जना अर्थात् २६ प्रतिशत केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

आयोगले पार्टी फुटाएर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सनाखत गराउने निर्णयपछि पार्टी फुटाएका १४ जनाले सोमबार आयोगमा पुगेर सनाखत गरेका थिए । दर्ता भएको दलमा अध्यक्ष दीपककुमार साह, उपाध्यक्ष इरफान अहमद शेष, सुरज सिंह, सुरेन्द्रनारायण यादव र शम्भुनाथ साह रहेका छन् भने महासचिव सुनिलकुमार यादव रहेका छन् । यादव जनमत पार्टीका तत्कालीन कोषाध्यक्ष हुन् ।

जनस्वराज पार्टी दर्ता भएसँगै निर्वाचन आयोगमा दर्ता भएका दलको सङ्ख्या १२४ पुगेको छ । यस अघि केही दिन अघि राष्ट्रिय कम्युनिष्ट पार्टी दर्ता भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update