जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द
सोमबार, पुस २९, २०८१
विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ ।
मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
सोमबार, पुस २९, २०८१
संरक्षणको अभावमा मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका संरचना भत्किएर नासिन थालेका हुुन् ।
काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता
सोमबार, पुस २९, २०८१
मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ । उनी जस्तै गाउँका अन्यलाई काउली काट्न त, कोही बजार लैजाने तयारीमा देखिन्छन् ।सापकोटाले विगतमा जस्तै यस वर्ष पनि आफ्नो खेतमा रोपेकी थिइन्, तर काउलीको मूल्य घटीरहेकामा निकै चिन्तामा परेको बताउँछिन् ।
अझै स्तरोन्नति भएन शहीदमार्ग
सोमबार, पुस २९, २०८१
शहीदका नाममा बनेको सडक वर्षौँ बित्दासमेत स्तरोन्नति हुन सकेको छैन । सडक स्तरीय नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
बागलुङको काठेखोला गाउँपालिका–५ रिजालचोकदेखि अमरभूमि हुँदै ताराखोला गाउँपालिकाको केन्द्रलाई जोड्ने सहीद मार्ग विस्तार तथा कालोपत्र नहुँदा जनगुनासो बढ्दै गएको छ ।
हरिवन र हरिहरपुरगढीबीच सडक स्तरोन्नति गर्ने सम्झौता
सोमबार, पुस २९, २०८१
सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका बीचमा स्तरोन्नति रेखा विस्तार छ ।
तारा हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिका जोडिने बिभिन्न चार चरणको चरणमा स्तरोन्नतिको व्याख्या गरिएको छ ।
राष्ट्र बैंकको अध्ययनः कोशी प्रदेशमा घट्यो कृषि बाली क्षेत्रफल (अध्ययनसहित)
सोमबार, पुस २९, २०८१
बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव...
सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
सोमबार, पुस २९, २०८१
जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।
चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् ।
विदेशी बजारमा कर्णालीको अदुवा
सोमबार, पुस २९, २०८१
कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ ।
अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ ।
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
सोमबार, पुस २९, २०८१
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको गएराती १२:१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
भाग्यको नयाँ अध्याय: आजको राशिफल, २०८१ मंसिर २९ गते
सोमबार, पुस २९, २०८१
आजको राशिफलले तपाईंलाई नयाँ अवसर र चुनौतीहरूको सामना गर्न प्रेरित गर्नेछ। यहाँ प्रस्तुत छन् प्रत्येक राशिका लागि विशेष भविष्यवाणीहरू:
यस्तो हुनेछ आज दिनभरको मौसम
सोमबार, पुस २९, २०८१
हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै भू-भागमा हुस्सु लागेको अवस्था...
आजदेखि स्वस्थानी व्रतकथा सुरु
सोमबार, पुस २९, २०८१
वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो ।...
साताको लोकप्रिय

