Harsamaya
पूर्णबहादुर खड्कालाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी 
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का ।

काठमाडौं -  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई विधान अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो । 

बैठकमा सभापति देउवाले सम्बोधन गरेका छन् । साथै केन्द्रीय कार्यसमिति बैठक बिहीबारसम्म स्थगित भएको छ । बैठक असोज ३० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update