Harsamaya
नेप्से परिसूचक १९ अंकले घट्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ४३ अंकले घटेर दुई हजार ५२८ दशमलव १६ को बिन्दुमा कायम भएको छ ।

आज ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७२ कित्ता सेयर ३८ हजार ८२७ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब ३६ करोड ६१ लाख ९८ हजार २६२ मा खुम्चिएको छ ।

आज म्युचुअल फन्ड शून्य दशमलव ०६, व्यापार एक दशमलव ४८ र अन्य समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ८२, विकास बैङ्क एक, वित्त एक दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव ११, जलविद्युत् एक दशमलव ७१, लगानी एक दशमलव १६, जीवन बीमा र उत्पादन तथा प्रशोधन समूह समान शून्य दशमलव ९८, लघुवित्त शून्य दशमलव ७९ र निर्जीवन बीमा समूह एक दशमलव १० प्रतिशतले घटेको छ ।

आजको कारोबारमा शुभम् पावर लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छभने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु ३२ करोड सात लाख ८३ हजार ७१६ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर सेयर चार लाख ३३ हजार ९७ कित्ता खरिदबिक्री भएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update