
जनकपुर - मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि भोली बुधबार अपराह्न ४ बजेसम्म दलहरूलाई आह्वान गरेकी हुन् ।
केही दिन पहिला मात्र नेपाली काँग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णा प्रसाद यादवले जनमत र एमाले सँगको गठबन्धनमा आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि प्रस्ताव पेस गरिसकेका छन् । भोलि बुधबार ४ बजेसम्म अन्य कुनै दलले दाबी पेस नगरेका खण्डमा काँग्रेसको नेतृत्वमै सरकार बन्ने देखिएको छ ।
आजै मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भनेकोमा उनले प्रदेश सभा बैठकमै राजीनामा दिएको घोषणा गरेका थिए । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरिसकेकी छन् ।