मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा हुने
बिहीबार, माघ १५, २०८२
मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
अटोमोवाइल्समा लाग्ने अव्यवहारिक जरिवाना मिनाहा गर्न माग
बिहीबार, माघ १५, २०८२
जनकपुरधाम तथा जनकपुरधामका अटोमोबाइल्स सोरुमका सञ्चालकहरुले प्रदेश सरकारको अव्यवहारिक जरिवाना मिनाहा गर्न माग गरे ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ जना मन्त्रीले लिए सपथ
बुधबार, पुस १६, २०८२
थपिएका ६ जना मन्त्रीहरुले प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा पद तथा गोपनीयताको सपथ लिएका छन् ।
मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम
शनिबार, पुस १२, २०८२
मुख्यमन्त्री कार्यालयले जारी गरेको निर्देशनपत्रमा समयमै विवरण नआए कर्मचारी सूचना प्रणाली अद्यावधिकमा समस्या आउने चेतावनी दिँदै सुशासनमूलक प्रशासनका लागि स्थानीय तहको सक्रिय सहकार्य अपरिहार्य रहेको उल्लेख छ ।
मन्त्रीको लोभ गरेपछि गुम्यो सांसद पद
शुक्रबार, मंसिर १९, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेसकी सांसद कञ्चन विच्छाको पद गएको छ । मधेस प्रदेश सभाले शुक्रबार विच्छालाई सांसद पदबाट हटाएको सूचना जारी गरेको हो ।
मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादव नियुक्त
शुक्रबार, मंसिर १९, २०८२
गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । सात दलीय गठबन्धनले कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए ।
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
बुधबार, मंसिर १७, २०८२
प्रस्तावक स्वयम अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले आज २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन् ।
मधेसका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
सोमबार, मंसिर १५, २०८२
सर्वोच्च अदालतका न्यायाधिशद्धय नित्यानन्द पाण्डेय र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ को २ बमोजिम सरकार गठन गर्न परमादेश जारी गरेको हो ।
मधेशका मुख्यमन्त्रीको रिटमा आजबाट अन्तिम सुनुवाइ
बिहीबार, मंसिर ११, २०८२
सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई मुद्दा किनारा नभएसम्म नीतिगत र दीर्घकालीन निर्णय नगर्नसमेत आदेश दिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
बिहीबार, मंसिर ४, २०८२
युवा तथा विद्यार्थी संगठनहरूले विवादित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले कुनै पनि प्रकारको सरकारी निर्णय, नीति निर्माण वा सेवा–सुविधा ग्रहण गर्न नपाउने माग समेत गरेका छन्।
जनकपुरमा राष्ट्रिय झण्डासहित सात राजनीतिक दलको प्रदर्शन
आइतबार, कात्तिक ३०, २०८२
यदि सरोज कुमार यादवलाई नै मुख्यमन्त्री ठहर गरेमा प्रदेश सभामा विश्वासको मत दिने बेला उनको फैसला हुने सांसद साहले बताए ।
रेष्टुरेन्टको मुख्यमन्त्री मान्य नहुने भन्दै सात राजनीतिक दलको विरोध प्रदर्शन, सभामुखको राजीनामा माग
शनिबार, कात्तिक २९, २०८२
त्यस्तै उनीहरुले मुख्यमन्त्री सरोज कुमार यादवलाई जंगली मुख्यमन्त्रीको संज्ञा दिँदै रेष्टुरेन्टको मुख्यमन्त्री मान्य नहुने बताएका छन् ।
मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन
शुक्रबार, कात्तिक २८, २०८२
२०७८ को जनगणनाबाट तयार पारिएको प्रतिवेदन अनुसार मधेसमा १० वर्ष नपुग्दै विवाह हुने घटनासमेत दर्ता भएका छन्। यस्तै यस्तो उमेर समूहको विवाहको दर ०.२ प्रतिशत रहेको उल्लेख छ। १० देखि १४ वर्ष उमेरका बालबालिकामध्ये ९.३ प्रतिशतले विवाह गरेको पाइएको छ भने १५ देखि १७ वर्ष उमेरको समूहमा यो दर २७.७...
साताको लोकप्रिय

