मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ जना मन्त्रीले लिए सपथ
जनकपुर - मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री कृष्ण यादवले आज मन्त्रिपरिषद् विस्तार गर्दै ६ जना मन्त्री थपेका छन् । श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी मनिष सुमनलाई दिइएको छ ।
राजकुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, शंकरप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय, श्यामप्रसाद पटेललाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, वसन्त कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
थपिएका ६ जना मन्त्रीहरुले प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा पद तथा गोपनीयताको सपथ लिएका छन् ।
प्रकाशित मिति: बुधबार, पुस १६, २०८२ १४:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

