Harsamaya
कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौं - देशभर आज मौसम सफा रहने छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ०६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update