Harsamaya
मोटरसाइकलको ठक्करबाट ६३ वर्षीया जलिया थारूको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

कपिलवस्तु - कपिलवस्तुको वाणगंगा नगरपालिका–३ तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

बुधबार बिहान ८ः५५ बजे वाणगंगा नगरपालिका–१ निवासी ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले पैदलयात्री वाणगंगा नगरपालिका–४ गजेहडा निवासी ६३ वर्षीया जलिया थारूलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट घाइते भएकी थारूलाई उपचारका लागि लगिएकोमा बिहान १०ः१० बजे उपचारकै क्रममा मृत्यु भएको हो।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले मोटरसाइकल चालक घिमिरेलाई नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update