Harsamaya
साउदीको सुरक्षा अवस्थाका कारण नेपाल वायुसेवा निगमका दमाम उडान रद्द
प्रतिकात्मक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - साउदी अरेबियाको वर्तमान सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम र दमाम–काठमाडौंका दुई उडान रद्द गरेको छ।

निगमले बुधबार जारी गरेको सूचनाअनुसार, कात्तिक १४ गतेका लागि निर्धारित काठमाडौं–दमाम (आरए २४१) र कात्तिक १५ गतेका लागि निर्धारित दमाम–काठमाडौं (आरए २४२) उडान रद्द गरिएको हो।

साउदी अरेबियाको सुरक्षा अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाउँदै निगमले परिस्थितिमा सुधार आएपछि आगामी उडानबारे अद्यावधिक जानकारी उपलब्ध गराउने जनाएको छ।

रद्द भएका उडानका टिकट लिएका यात्रुले आफ्नो यात्रा मिति निःशुल्क परिवर्तन गर्न सक्नेछन्। त्यस्तै, टिकटको रकम फिर्ता लिन चाहने यात्रुले पूरा रकम फिर्ता पाउने व्यवस्था गरिएको निगमले जनाएको छ।

उडान रद्द हुँदा यात्रुमा पर्न गएको असुविधाप्रति निगमले क्षमायाचना गर्दै थप जानकारीका लागि आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालका सूचना नियमित रूपमा हेर्न अनुरोध गरेको छ।

थप जानकारीका लागि सम्पर्क
- काठमाडौं: ०१-५७१८५३८, ०१-५७१८५३९, ०१-५७१८५४३
- दमाम: +९६६ ०५३०७४७८४२३, +९६६ ०५३५०५०९६२
- इमेल: [email protected]

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update