Harsamaya
विदेश पढ्न जानेले लगे एक महिनामै ३२ अर्ब ७६ करोड
नेपाल राष्ट्र बैंक ।

काठमाडौं - उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणअनुसार, भदौमा मात्रै विदेश जाने विद्यार्थीले  ३२ अर्ब ७६ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम २८ अर्ब २० करोड थियो । 

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ९.६ प्रतिशतले वृद्धि भई  ४७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ४३ अर्ब १८ करोड रहेको थियो ।

यस्तै, खुद सेवा आय ३१ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २७ अर्ब ९३ करोडले घाटामा रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय नौ दशमलव आठ प्रतिशतले वृद्धि भई ११ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० अर्ब ५५ करोड रहेको थियो ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update