प्रधानमन्त्री कार्कीको कतारका समकक्षीसँग टेलिफोन वार्ता, नेपालीहरूकाे सुरक्षाबारे चासाे
बिहीबार, फागुन २१, २०८२
प्रधानमन्त्री कार्कीले कतारमा रहेका ३ लाख ६० हजार नेपाली नागरिक सुरक्षा तथा संरक्षण उपलब्ध गराएकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गरिन् ।
दोलखाको मालुमा मतपत्रको ठेली लुट्नेमाथि मुद्दा चल्ने, मतदानको अर्को मिति तोक्न सिफारिस
बिहीबार, फागुन २१, २०८२
यस्तै, स्थगित मतदानका लागि अर्को मिति तोक्नको लागि जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्। काँग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाएपछि प्रहरीले हवाई फायर समेत गरेको थियो।
गौर कारागार कार्यालयमा २२ कर्मचारी र ६१ कैदीबन्दीले गरे मतदान
बिहीबार, फागुन २१, २०८२
कारागार कार्यालय गौर, रौतहट अस्थायी मतदान केन्द्रका मतदान अधिकृत सावित्रा थापाका अनुसार, कारागारमा रहेका कूल २०८ कैदीबन्दीमध्ये ६३ जना मतदाता सूचीमा रहेका थिए ।
फागुन २१ गते मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हो : ओली
बिहीबार, फागुन २१, २०८२
उनले आफ्नो जीवनका दुई संयोगहरूको दिन भएकाले फागुन २१ कहिल्यै नबिर्सने दिन रहेको उल्लेख गरे । ‘आज मेरो जीवनका दुई संयोगहरू भएको दिन हो । फागुन २१ कहिल्यै नबिर्सने दिन हो,’ उनले लेखेका छन् ।
देशभर उत्साहजनक मतदान हुँदैछ, कतै रोकिएको छैन : आयोगले
बिहीबार, फागुन २१, २०८२
निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्लाही, स्याङ्जा र दोलखा लगायतका कतिपय जिल्लाहरूमा आंशिक रूपमा मतदान रोकिएको भएपनि समस्याको समाधान गरेर अघि बढ्ने प्रयास भइरहेको बताए।
हेटौँडामा अनुमति बिना चलाइएका १९० सवारीसाधन नियन्त्रणमा
बिहीबार, फागुन २१, २०८२
जिल्ला प्रशासन कार्यालयका अनुसार सवारी दर्ता कागजात, सवारी अनुमति पत्र (लाइसेन्स) तथा आवश्यक कागजात नभएका मोटरसाइकल, स्कुटर र अटो लगायतका सवारी साधनलाई कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।
वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द
बिहीबार, फागुन २१, २०८२
मध्यपूर्व क्षेत्रमा देखिएको सुरक्षा अवस्थाका कारण केही हवाई मार्ग बन्द भएकाले उडान सञ्चालन गर्न नसकिएको निगमले जनाएको छ । यसबाट यात्रुहरूलाई पर्न गएको असुविधाप्रति निगमले क्षमा याचना समेत व्यक्त गरेको छ ।
दिउँसो १ बजेसम्म २४ प्रतिशत मत खस्यो
बिहीबार, फागुन २१, २०८२
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा करिब २३ प्रतिशत, मधेश प्रदेशमा २० प्रतिशत, बागमती प्रदेशमा १९ प्रतिशत, गण्डकी प्रदेशमा २१ प्रतिशत, लुम्बिनी प्रदेशमा २६ प्रतिशत र कर्णाली प्रदेशमा करिब ३१ प्रतिशत मत खसेको आयोगको तथ्याङ्कमा उल्लेख छ ।
राष्ट्रपति र उपराष्ट्रपति मतदानमा भएनन् सहभागी
बिहीबार, फागुन २१, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल संविधानको संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
स्याङ्जाको बालज्योति विद्यालयमा रोकिएको मदतान दुई घण्टापछि फेरि सुरु
बिहीबार, फागुन २१, २०८२
उनका अनुसार घटनाबारे निर्वाचन आयोगलाई जानकारी पठाइसकिएको छ । त्यसपछि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका लागि नयाँ मतपेटिका राखेर मतदान प्रक्रिया अघि बढाइएको हो ।
मुगुमा १ बजेसम्म ४३.५८ प्रतिशत मत खस्यो
बिहीबार, फागुन २१, २०८२
मुख्य निर्वाचन कार्यालय मुगुका अनुसार दिउँसो १ बजे सम्म १५७०५ मत खसेको हो ।
कर्णालीमा झन्डै ३१ प्रतिशत मत खस्यो, सबैभन्दा बढी हुम्लामा र कम दैलेख २ मा
बिहीबार, फागुन २१, २०८२
सबैभन्दा बढी हुम्लामा ४३.७२ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा १६.८३ प्रतिशत मत खसेको छ । मुगुमा ३७.५५, जाजरकोटमा ३४.५३, डोल्पामा ३४.०५, सल्यानमा ३३.५७, सुर्खेत क्षेत्र नम्बर २ मा ३१.५३ र क्षेत्र नम्बर १ मा ३०.७२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ...
ओलीले मतदानपछि भने : देशलाई स्थिरतामा लैजानुपर्नेछ
बिहीबार, फागुन २१, २०८२
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मतदान शान्तिपूर्ण रूपमा भइरहेकोमा खुसी लागेको बताए । उनले यस निर्वाचनले देशमा शान्ति र सुव्यवस्था कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । साथै उनले राजनीतिक र हिंसात्मक गतिविधि नियन्त्रणमा राख्नुपर्नेमा जोड दिएका छन् ।
साताको लोकप्रिय

