रसुवा बाढीः तनहुँमा ६ शव भेटिए
बुधबार, भदौ १०, २०८३
प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले नदी आसपासका क्षेत्रमा प्रहरीले निगरानी गरिरहेको बताए ।
घाइतेको उपचार र बेपत्ताको खोजी सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री शाह
बुधबार, भदौ १०, २०८३
घाइते नागरिकको सहज र निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् ।
रसुवा बाढी : १९६ बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन
बुधबार, भदौ १०, २०८३
नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीमा परी १९६ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन् । यसमा विदेशी कामदार पनि छन् ।
रसुवा बाढीमा परी हालसम्म ९५ जनाको मृत्यु
बुधबार, भदौ १०, २०८३
जसमध्ये रसुवामा १ जनाको पुरुषको शव फेला परेको छ । नुवाकोटमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जनाको शव फेला परेको छ ।
गोसाइँकुण्ड यात्रामा गएका पालुङटारका ३१ जना सम्पर्कविहीन
बुधबार, भदौ १०, २०८३
पालुङटार–५ ठाँटीपोखरीबाट ग २ ख ११५२ नम्बरको बसमा गोसाइँकुण्डतर्फ गएका ३७ यात्रुमध्ये ३१ जना आज बिहानदेखि सम्पर्कविहीन भएका हुन्।
त्रिशूली अस्पतालमा १६ घाइते उपचाररत, डिजेल अभावले सेवा प्रभावित हुने चिन्ता
बुधबार, भदौ १०, २०८३
आपत्कालीन अवस्थामा अस्पतालको सेवा सञ्चालनका लागि डिजेल आवश्यक रहेकाले त्रिशूली आसपासका सहयोगी तथा दातालाई डिजेल सहयोग गर्न अस्पतालले अपिल गरेको छ।
रसुवा बाढी : सेना र निजी हेलिकप्टरबाट ११४ जनाको हवाई उद्धार
बुधबार, भदौ १०, २०८३
नेपाली सेनाले टिमुरे–धुन्चेबाट ६०, टिमुरे–त्रिशूलीबाट १३, मैलुङबाट ५, बेत्रावतीबाट ४ र त्रिशूली–काठमाडौँबाट ३ जनाको उद्धार गरेको छ।
रसुवा, नुवाकोटसहितका जिल्लामा आज राति वर्षाको सम्भावना
बुधबार, भदौ १०, २०८३
महाशाखाले ती जिल्लाका एक–दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरेको छ ।
रसुवा बाढी : त्रिशूली र नारायणीमा १८ शव भेटिए
बुधबार, भदौ १०, २०८३
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ६ बजेसम्म १८ शव र १२ वटा हातखुट्टा भेटिएका छन्। सुरक्षा निकायले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउँदै शव तथा मानव अंग निकाल्ने काम गरिरहेको छ।
बालेन्द्रलाई फोन गर्दै मोदीले भने - आवश्यक सबै मानवीय सहायता उपलब्ध गराउँछौं
बुधबार, भदौ १०, २०८३
साथै, भारतका सम्बन्धित टोलीहरूले नेपालमा जारी उद्धार तथा राहत प्रयासबारे नेपाली पक्षसँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ।
रसुवा बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंमा उपचार हुँदै
बुधबार, भदौ १०, २०८३
त्यसैगरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रसुवा बाढी : ७९ सुरक्षाकर्मी सम्पर्कविहीन, ९ शव फेला
बुधबार, भदौ १०, २०८३
त्यस्तै, नेपाली सेनातर्फ टिमुरे र मैलुङ पोस्टमा कार्यरत ४४ जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन रहेको उनले जानकारी दिए ।
रसुवाको बाढीपछि बलेफीका सातसहित धेरै जना सम्पर्कविहीन
बुधबार, भदौ १०, २०८३
बाढीपहिरोपछि सन्तोष तामाङ, दिपेश पराजुली, सरोज पराजुली, भुवन कोइराला, सुरेन्द्र नेपाल, राजन तामाङ र राजु श्रेष्ठ हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नआएको जनाइएको छ।
साताको लोकप्रिय

-1787747064.jpg)