काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म ३८८ वटा शव फेला परेका छन् भने ४६६ जना घाइते तथा उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको छ। त्यस्तै, २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्।
प्रहरीका अनुसार फेला परेका शवको जिल्लागत विवरण यस्तो छ :
रसुवा : १७
नुवाकोट : २८
चितवन : १३७
तनहुँ : २८
धादिङ : ३३
गोरखा : ३२
नवलपरासी पूर्व : ८७
नवलपरासी पश्चिम : २७
त्यस्तै, हालसम्म ४६६ जना घाइते तथा उद्धार गरिएको छ। जसमा रसुवाबाट २८९, नुवाकोटबाट ९०, धादिङबाट ३ र काठमाडौँबाट ८४ जना रहेका छन्।
नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएको जनाएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३ २१:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय


