"बिपीको मेलमिलाप नीति: राष्ट्रिय एकताको चिरस्थायी सूत्र"
मंगलबार, पुस १६, २०८१
आज देशैभरि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । मूलतः नेपाली कांग्रेसले संस्थागत रुपमा मनाउँदै आएको यो दिवस सम्पूर्ण नेपाल र नेपालीका लागि महत्वपूर्ण छ । बिपी ३० डिसेम्बर १९७६ अर्थात् २०३३ पुस १६ का दिन भारत निर्वासनबाट स्वदेश फर्किनुभएको थियो । भारतमा निर्वासनमा रहनुभएका बिपी आठ वर्षपछि नेपाली कांग्रेसका संस्थापक महानायक बिपी कोइराला स्वदेश फर्केको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । निर्वासनको यो आठ वर्ष बिपीका लागि अत्यन्त कष्टपूर्ण, कठिन र सङ्घर्षयुक्त रहे ।
तमु ल्होसारले आपसी बन्धुत्व र सद्भावलाई सुदृढ बनाउँछ: सभापति देउवा
सोमबार, पुस १५, २०८१
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिको महान पर्व “तमु ल्होसार” को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिएका छन् ।
तमु जातिको नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले नेपाली समाजमा आपसी...
साताको लोकप्रिय

