Harsamaya
कांग्रेस केन्द्रीय समिति बैठक पुनः सर्‍यो
फाइल फोटोः हर समय/harsamaya

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।

भोली शुक्रबारका लागि बोलाइएको बैठक सरेको हो । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक सरेको जानकारी दिए । बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।

यसअघि बिहीबारका लागि बोलाइएको बैठक शुक्रबार का लागि सारिएको थियो । महाधिवेशनको मिति घोषणा र कार्यतालिका ल्याउने विषयमा कुरा नमिल्दा बैठक सारिएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update