कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनीत
काठमाडौं - नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्यमा राजेश्वर अधिकारी (लमजुङ) र राजु अधिकारी (सुनसरी)लाई मनोनीत गरेको छ ।
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय निर्वाचन समितिको सदस्यमा वरिष्ठ अधिवक्ता अधिकारी र अधिवक्ता कटुवाललाई मनोनीत गरेका हुन् ।
कांग्रेसको मङ्सिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णयअनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा ३५ अनुसार गठित केन्द्रीय निर्वाचन समितिमा अधिकारी र कटुवाललाई मनोनित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२ १७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

