आफ्नै ससुराको हत्या अभियोगमा ज्वाँई पक्राउ
बुधबार, असार २५, २०८२
प्रारम्भिक अनुसन्धान अनुसार पारिवारिक रिसिवीका कारण महासेठले आफ्ना ससुराको पेट लगायत शरीरका अन्य भागहरूमा ४/५ पटक चक्कु प्रहार गरी फरार भएका थिए । घटनामा प्रयोग भएको चक्कुसमेत धनुषा प्रहरीले बरामद गरेको छ ।
हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न दुई भारतीय नागरिक पक्राउ
मंगलबार, असार २४, २०८२
साथै प्रहरीले उनीहरूको साथबाट ७४ ग्राम तौलको संरक्षित वन्यजन्तु कस्तुरीको विना (अखेटोपहार) जस्तो देखिने वस्तु १ थान, नगद ८ लाख २० हजार नेपाली रूपैयाँ, १० हजार भारतीय रूपैयाँ र मोबाइल ५ थान समेत बरामद गरेको छ ।
स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
मंगलबार, असार २४, २०८२
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने स्वर्णिम र मिङमाडुण्डु पक्राउ
मंगलबार, असार २४, २०८२
पक्राउ परेकामध्ये मिङमाडुण्डुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४० लाख रुपैयाँ र स्वर्णिमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६९ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरी गरेका थिए ।
भाउजुको हत्या गरेको अभियोग मोरङमा देवर पक्राउ
मंगलबार, असार २४, २०८२
रतुवामाई नगरपालिका-६ स्थित आफ्नै बारीमा टिकामाया शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न टंकबहादुरलाई पक्राउ गरेको हो।
४ हजार ५ सय पिस एम्पुल सहित अन्सारी पक्राउ
मंगलबार, असार २४, २०८२
प्रतिबन्धित लागु औषध एम्पुल सहित नोफिन १५००, फेनारगन १५०० र डाइजोपाम १५०० पिस बरामद गरेको प्रहरीले उल्लेख गरेको छ । १५ पोकामा रहेको लागु औषध सहित पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ
सोमबार, असार २३, २०८२
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
चार छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ
सोमबार, असार २३, २०८२
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार सिंहले भने विद्यालयलाई बदनाम गर्न केही शिक्षक र व्यक्तिहरू सक्रिय रहेको भन्दै उनीहरूले नै नियोजित रूपमा घटना खडा गरेको बताए। उनले भने, ‘कामचोर केही शिक्षकहरू र बाहिरकै व्यक्तिहरू विद्यालयलाई धराशायी बनाउने योजनामा छन्, उनीहरूकै ग्रयान्ड डिजाइनमा नियोजित घटना बनाएको हो।’
भोजपुर हत्याकाण्ड: मृतकको शव पोष्टमार्टमका लागि धरान ल्याइयो
सोमबार, असार २३, २०८२
शनिबार राति भएको सामूहिक हत्याकाण्डमा राजेन्द्र राईले आफ्नी १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र ९ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए ।
अखाद्य तेल र इन्धन बोकेको मिनी ट्रकसहित चालक पक्राउ
सोमबार, असार २३, २०८२
ईलाका प्रहरी कार्यालय जितपुरका सई वेदप्रकाश जोशीको नेतृत्वमा आइतबार साँझ खटिएको टोलीले घटनास्थलमा खानतलासी गर्दा झण्डै ८ हजार लिटर तेलजन्य पदार्थ बरामद गरेको हो।
परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ
आइतबार, असार २२, २०८२
खड्काका काजु भारतबाट भित्र्याएर राजधानी काठमाडौंतर्फ लैजाँदै गरिएको हुन सक्ने आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानपछि राजस्व छली तथा संगठित तस्करीको मुद्दा अघि बढाइने तयारी भइरहेको प्रहरीको भनाइ छ।
साढे ६ किलो सेतो हेरोइनसहित भारतीय नागरिक एयरपोर्टबाट पक्राउ
आइतबार, असार २२, २०८२
पक्राउ पर्नेमा भारत बिहार अररियाकी खसिना खतुन, रंगीका सुशील बुढाथोकी र कृर्तानन्द ठाकुर रहेका छन्। उनीहरूको साथबाट प्रहरीले चार सय ग्राम खैरो हेरोइन बरामद गरेको छ।
विदेश पठाउने बहानामा १ करोड ८० लाख ठगी, रामेछापका फिन्चु लामा पक्राउ
आइतबार, असार २२, २०८२
लामाले ४५ जना युवा युवतीबाट उक्त बराबरको रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। रकम लिएर लामो समय सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी दिन पुगेका थिए।
साताको लोकप्रिय

