Harsamaya
स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

मोरङ - स्रोत नखुलेको भारतीय रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट स्रोत नखुलेको भारतीय २ लाख ३२ हजार ५ सय रूपैयाँसहित भारत बिहार जोगवनी–४ बस्ने २६ वर्षीय मोहमद हविबलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  २०:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update