Harsamaya
 असोज महिनामा जिल्ला प्रहरी कार्यालय रूपन्देही  प्रथम
जिल्ला प्रहरी कार्यालय रूपन्देही ।

काठमाडौं - प्रहरी प्रधान कार्यालयद्वारा प्रकाशित गरिने मासिक रिपोर्ट कार्डमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले असोज महिनामा प्रथम स्थान प्राप्त गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय बाँके द्वितीय र काठमाडौँ प्रहरी परिसर तृतीय भएका छन्। हरेक महिना प्रहरीका विभिन्न प्रहरी कार्यालयहरूको कार्यसम्पादनको आधारमा नतिजा प्रकाशन गर्ने गरिन्छ।

 प्रत्येक महिना कार्यसम्पादनको नतिजा प्रकाशित गर्दा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई काम गर्नुपर्ने बाध्यात्मक स्थिति रहेको छ । विभिन्न सूचकहरूको आधारमा जसले बढी नम्बर ल्याउँछ त्यही जिल्लालाई प्रथम स्थान दिने गरिन्छ। 

नेपालभरका ७७ जिल्लालाई क ख ग घ र ङ गरी पाँच श्रेणीमा विभाजन गरिएको छ। प्रदेश प्रहरी कार्यालयहरूमध्ये लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रथम स्थान हासिल गरेको छ। जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरीक्षक जनकबहादुर शाही कार्यालय प्रमुखको रूपमा कार्यरत छन् भने लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्री कार्यालय प्रमुख छन् ।

यसअघि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय रूपन्देहीलाई सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय घोषित गरेको थियो। र कार्यालय प्रमुख प्रहरी उपरिक्षक जनकबहादुर शाहीलाई समेत प्रहरी दिवसको अवसरमा गत असोज ३० गते पुरस्कृत गरिएको थियो

प्रकाशित मिति: शनिबार, कात्तिक ७, २०८३  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update