Harsamaya
ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १०२, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २० जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा ५७, हर्न निषेधमा ८, लेन क्रसमा ३, अवस्था ठिक नभएको २ र .अन्यमा १०५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ७, २०८३  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update