अवैध लागूऔषधसहित १५ जना पक्राउ
शनिबार, असार २८, २०८२
सिराहा, औरही गाउँपालिका-५ मलाह टोलबाट अवैध लागूऔषध गाँजा करिब २ सय १२ किलो ९ सय २५ ग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय राम उदगार मलाहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ
शनिबार, असार २८, २०८२
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख २८ हजार २ सय रुपैयाँ सहित पक्राउ गरेको हो
अल्बानिया पठाइदिन्छु भनी ठगी गर्ने बिमला र रामकुमारी पक्राउ
शनिबार, असार २८, २०८२
पक्राउ मध्ये बिमलाले ४ जना पीडितहरूबाट ८ लाख रूपैयाँ र राम कुमारीले २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिमलालाई काठमाडौं महानगरपालिका-७ बाट र राम कुमारीलाई नागार्जुन नगरपालिका-१ बाट पक्राउ गरेको हो ।
डलर साटीदिन्छु भनि ठगी गर्ने सिन्धुपाल्चोकका तीनसहित चार जना पक्राउ
शनिबार, असार २८, २०८२
उनीहरूको साथबाट बा.७६ प ५९३१ नम्बरको स्कुटर, बागमती प्रदेश.०२-०५३ प २७८० नम्बरको मोटरसाइकल, नगद ६४ हजार ४० रूपैयाँ, चेक १ थान र मोबाइल १० थान प्रहरीले बरामद गरेको छ ।
अवैध लागूऔषधसहित १७ जना पक्राउ
शुक्रबार, असार २७, २०८२
झापा, दमक नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५० ट्याब्लेट र एनारगन ३ सय ५० ट्याब्लेट सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने १९ वर्षीया प्रिया तामाङ, सोही नगरपालिका-५ बस्ने १९ वर्षीय सुमित सुन्दास, २१ वर्षीय प्रविन चेम्जोङ र सोही नगरपालिका-१०...
आफ्नै बुबाको हत्या गरेको अभियोगमा झुपे पक्राउ
शुक्रबार, असार २७, २०८२
झुपेले कुटपिट गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी अर्घाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
युके पठाइदिन्छु भन्दै ठगी गर्ने बिन्दु पक्राउ
शुक्रबार, असार २७, २०८२
बिन्दुले युके पठाइदिन्छु भन्दै १९ जना पीडितहरूबाट ३२ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो ।
करिब ३ किलो ४ सय ग्राम कोकिनसहित भारतीय नागरिक एयरपोर्टबाट पक्राउ
शुक्रबार, असार २७, २०८२
मुम्बई महाराष्ट्र घर भएका ४९ वर्षीय अब्दुस समाद वमल मनसुरी ३ किलो ४ सय ग्राम कोकिनसहित बुधबार पक्राउ परेका हुन् ।
अवैध लागूऔषध अफिमसहित जयबहादुर पक्राउ
शुक्रबार, असार २७, २०८२
भेरीगंगा नगरपालिका-१० छिन्चु बजारबाट करिब ५ किलो ५ सय ४० ग्राम अवैध लागूऔषध अफिमसहित जाजरकोट जुनीचाँदे गाउँपालिका-१० सिर्पा बस्ने ४६ वर्षीय जय बहादुर बस्नेत पक्राउ परेका हुन् ।
राराको सल्लेरी बजारमा अनुगमन, अखाद्य वस्तु भेटियो
शुक्रबार, असार २७, २०८२
होटेलहरूका सरसफाइ गर्न सुझाव दिँदै अर्को पटक म्याद सकिएका सामान बिक्री गर्ने पसलहरूलाई कारबाही गरिने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका प्रमुख कमल भट्टले बताए ।
स्रोत नखुलेको ९ लाख २८ हजारसहित चंदन पक्राउ
बिहीबार, असार २६, २०८२
भन्सार सुरक्षा गार्ड कार्यालय रौतहट समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०३ जे ९५४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक चंदनलाई पक्राउ गरेको हो ।
अवैध लागूऔषध अफिम सहित एक जना पक्राउ
बिहीबार, असार २६, २०८२
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने सजु र नारायण पक्राउ
बिहीबार, असार २६, २०८२
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बस्ने ललितपुर, ललितपुर महानगरपालिका–८ घर भएका ४३ वर्षीया सजु श्रेष्ठ र काठमाडौं महानगरपालिका–२६ बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका–६ घर भएका ३० वर्षीय नारायण लाम्ताङ्गे रहेका छन् ।
साताको लोकप्रिय

