करिब ३ किलो ४ सय ग्राम कोकिनसहित भारतीय नागरिक एयरपोर्टबाट पक्राउ

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन पार्किङ एरियाबाट अवैध लागूऔषध कोकिनसहित भारतीय नागरिक पक्राउ परेका छन् । मुम्बई महाराष्ट्र घर भएका ४९ वर्षीय अब्दुस समाद वमल मनसुरी ३ किलो ४ सय ग्राम कोकिनसहित बुधबार पक्राउ परेका हुन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरीले कतार एयरवेजको उडानद्वारा अजरबैजानबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२ १७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय