Harsamaya
थाइल्यान्डबाट आएका भारतीय नागरिक १ किलो ६०० ग्राम गाँजासहित पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - थाइल्यान्डबाट काठमाडौं आएका एक भारतीय नागरिकलाई १ किलो ६०० ग्राम लागूऔषध गाँजासहित पक्राउ गरिएको छ।

लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा खटिएको प्रहरी टोलीले थाइल्यान्डबाट काठमाडौं आएका ३० वर्षीय भारतीय नागरिक जयेश साहेब्रोलाई पक्राउ गरेको हो।

थाइल्यान्डबाट नेपाल आएका यात्रुहरूको आपराधिक गतिविधि पहिचान तथा निगरानी गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको ब्युरोले जनाएको छ। प्रहरीका अनुसार उनी थाई एयरवेजको उडान नम्बर TG 319 मार्फत काठमाडौं आएका थिए।

पक्राउ परेका भारतीय नागरिकको साथबाट १ किलो ६०० ग्राम लागूऔषध गाँजा, एक थान पासपोर्ट र एक थान मोबाइल बरामद गरिएको छ।

बरामद लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update