Harsamaya
१२ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले शनिबार वीरेन्द्रनगर नगरपालिका–१३, करेखोला क्षेत्रबाट दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१३ निवासी २३ वर्षीय रुपेश घर्ती मगर र २७ वर्षीय कुमार बहादुर राठकोटी रहेका छन् । उनीहरूको साथबाट ३.१९० ग्राम खैरो हेरोइन बरामद गरिएको थियो ।

उनीहरूमाथि थप अनुसन्धान गर्ने क्रममा लागुऔषध कारोबारमा संलग्न वीरेन्द्रनगर नगरपालिका–१२ निवासी ३१ वर्षीय बालराम पौडेल र ३५ वर्षीय नवराज चालिसेलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूबाट थप ८.८३० ग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

प्रहरीले चारै जनाको साथबाट कुल १२.०२ ग्राम खैरो हेरोइन र चार थान मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update