स्रोत नखुलेको  ९ लाख २८ हजारसहित चंदन पक्राउ
                            
                            
                                                        
                                                    
                                                            रौतहट - गौर नगरपालिका-१ बाट स्रोत नखुलेको ९ लाख २८ हजार ५ सय नेपाली रुपैयाँ र २ लाख १५ हजार ५ सय भारतीय रुपैयाँसहित सर्लाही रामनगर गाउँपालिका-२ बस्ने ३० वर्षीय चंदन पंडितलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भन्सार सुरक्षा गार्ड कार्यालय रौतहट समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०३ जे ९५४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक चंदनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  २१:३७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
