Harsamaya
अवैध लागूऔषध अफिमसहित जयबहादुर पक्राउ
जाजरकोट जुनीचाँदे गाउँपालिका-१० सिर्पा बस्ने ४६ वर्षीय जय बहादुर बस्नेत ।

सुर्खेत - अवैध लागूऔषध अफिमसहित एक जना पक्राउ परेका छन् । 

भेरीगंगा नगरपालिका-१० छिन्चु बजारबाट करिब ५ किलो ५ सय ४० ग्राम अवैध लागूऔषध अफिमसहित जाजरकोट जुनीचाँदे गाउँपालिका-१० सिर्पा बस्ने ४६ वर्षीय जय बहादुर बस्नेत पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित बुधबार बेलुकी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update