हत्या गरेको अभियोगमा किरण पक्राउ
बिहीबार, साउन १, २०८२
सूर्योदय नगरपालिका-१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाई र उनको भाई प्रकाश चापागाईलाई किरणले धारिलो हतियार प्रहार गर्दा प्रकाशको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतीनगर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
लागूऔषध एम्पुल र ट्याब्लेटसहित दुई जना पक्राउ
बिहीबार, साउन १, २०८२
उनीहरुको साथबाट नाइट्राभेट १८०० ट्याब्लेट, नेट्जिकेयर ९०० ट्याब्लेट, सानो पत्तामा रहेको नेट्जिकेयर ३०० ट्याब्लेट, डाइजापाम ३०० एम्पुल, फेनेरागन ३०० एम्पुल र बुपरेनोफिन इन्जेक्सन ३०० एम्पुलसहित पक्राउ गरिएको रौतहट प्रहरी नायव उपरीक्षक दिपक रायले बताए ।
रामेछापमा महिलामाथि खुकुरी प्रहार, अवस्था गम्भीर
बिहीबार, साउन १, २०८२
स्थानीय ३२ वर्षीय रजिन सुनुवारले पारिवारिक नाता पर्ने २७ वर्षीया एलिसा सुनुवारलाई बुधबार साँझ खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।
सिनामंगलमा रहेको चिनियाँ कारखानामा प्रहरीको छापा, दुई करोडको सामान बरामद
बुधबार, असार ३२, २०८२
गोप्य सूचनाको आधारमा गएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार दिउँसो साढे ४ बजे सो घरमा छापा मारेको हो। यस क्रममा ३८ वर्षीय चिनियाँ नागरिक यु वाङ पक्राउ परेका छन्।
पेस्तोल देखाएर लुटपाट गर्ने भारतीय नागरिक यसरी पक्राउ परे [भिडियो]
बुधबार, असार ३२, २०८२
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले मुखिया पेशेवर लुटेरा रहेको र भारतमा पनि उनी माथि ९÷१० वटा मुद्दा रहेको जानकारी दिए ।
यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह
मंगलबार, असार ३१, २०८२
नक्कली नोट सहकारी आफैंले प्रेसमा छाप्ने गरेको प्रारम्भिक बयान दिएका छन्। ‘उनले कहाँको कुन प्रेसमा छाप्ने गरेको हो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको छ,’ शाहीले भने।
१६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा उदय पक्राउ
मंगलबार, असार ३१, २०८२
उदयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
हातहतियारसहित कैलालीबाट तीनजना पक्राउ
मंगलबार, असार ३१, २०८२
पक्राउ पर्नेहरूमा ५० वर्षीय दिलीप कार्की, उनकै छोरा २२ वर्षीय बिकास कार्की र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश विक रहेका छन् ।
नगद ५ लाखसहित जुवा खेलिरहेको ११ जना पक्राउ
सोमबार, असार ३०, २०८२
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख १९ हजार ९ सय रूपैयाँ र १९ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
टिकटकमा गाली गलौज गर्ने जनकपुरकी ‘रोशनीजी’ भन्ने खातुन पक्राउ
सोमबार, असार ३०, २०८२
प्रहरीका अनुसार खातुनले टिकटकमा प्रयोग गरेको भाषा र व्यवहारले समाजमा नकारात्मक असर पारेको र सार्वजनिक नैतिकता र सामाजिक सद्भावमा खलल पुर्याउने किसिमको रहेको छ ।
लागूऔषधसहित राम पक्राउ
आइतबार, असार २९, २०८२
प्रहरीका अनुसार, राम उदगारले चलाइरहेको प्रदेश २–०१–००३ प २१५४ नम्बरको मोटरसाइकलमा लोड गरिएको ७ वटा पोका तौल गर्दा जम्मा २ क्विन्टल १२ किलो ९२५ ग्राम गाँजा फेला परेको हो।
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बिर बहादुर पक्राउ
आइतबार, असार २९, २०८२
बिर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको ६ जना पक्राउ
आइतबार, असार २९, २०८२
म्याग्दे गाउँपालिका-५ साउनेपानी बस्ने ४० वर्षीय कमल रानाको कटेजमा जुवातास खेलिरहेको अवस्थामा कमल समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ
साताको लोकप्रिय

