३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बिर बहादुर पक्राउ
                            
                            
                                                        
                                                    
                                                            दाङ - ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-७ भुह्यारथान डेरा गरी बस्ने रूकुम पश्चिम चौरजहारी नगरपालिका-११ घर भएका ३५ वर्षीय बिर बहादुर वलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १३:४०
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
