अवैध लागूऔषध अफिम सहित एक जना पक्राउ
                            
                            
                                                        
                                                    
                                                            सुर्खेत - भेरीगंगा नगरपालिका–१० छिन्चु बजारबाट अवैध लागूऔषध अफिमसहित एकजना पक्राउ परेका छन् ।
अफिमजस्तो देखिने पदार्थ करिब ५ किलो ५ सय ४० ग्राम सहित जाजरकोट जुनीचाँदे गाउँपालिका–१० सिर्पा बस्ने ४६ वर्षीय जय बहादुर बस्नेतलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  २०:५३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
