स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ बस्तीबाट स्रोत नखुलेको नगद १ करोड ४४ लाख रुपैयाँसहित काठमाडौं स्वयम्भू बस्ने चिनियाँ नागरिक ४० वर्षीय वाङ जीनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १८:१७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
