Harsamaya
४ हजार ५ सय पिस एम्पुल सहित अन्सारी पक्राउ
४ हजार ५ सय पिस एम्पुल सहित सरोज अन्सारी पक्राउ ।

रौतहट - बारा प्रहरीले प्रतिबन्धित लागु औषध एम्पुल सहित एक जनालाई पक्राउ गरेको छ । ४ हजार ५ सय पिस एम्पुल सहित प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका वाड न. ७ बस्ने वर्ष २० को सेराज अन्सारीलाई पक्राउ गरेको हो ।

कलैया उपमहानगरपालिका वाड न. ५ भरत चोकबाट मटिअर्वा जाने सडकबाट प्रतिबन्धित लागु औषध एम्पुल सहित अन्सारीलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता तथा डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

उनका अनुसार दुई वटा आँपको क्यारेटमा लागु औषध राखी उभिरहेका मानिस प्रहरी टोलीलाई देख्नसाथ भाग्न खोजेपछि शंकाको आधारमा चेकजाँच गर्दा फेला परेको हो ।

प्रतिबन्धित लागु औषध एम्पुल सहित नोफिन १५००, फेनारगन १५०० र डाइजोपाम १५०० पिस बरामद गरेको प्रहरीले उल्लेख  गरेको छ । १५ पोकामा रहेको लागु औषध सहित पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update