Harsamaya
बालिका बलात्कार आरोपमा युवक पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

मकवानपुर - १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरका एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा मकवानपुरकै २६ वर्षीय रामशरण भोम्जनलाई पक्राउ गरिएको हो।

२०८३ कात्तिक १६ गते बिहान करिब १ बजेर ४० मिनेटमा बालिकामाथि जबरजस्ती करणी भएको सूचनाका आधारमा प्रहरीले भोम्जनलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका भोम्जनमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बालिकाको पहिचान र गोपनीयता कायम राख्दै प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update