Harsamaya
आफ्नै ससुराको हत्या अभियोगमा  ज्वाँई पक्राउ
आफ्नै ससुराको हत्या अभियोगमा ज्वाँई पक्राउ ।

जनकपुर - गत बुधबार जनकपुरधाममा ६५ वर्षीय वासुदेव प्रसाद साहलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनकै ज्वाँई ५५ वर्षीय बेचन महासेठ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलनमार्फत महासेठलाई सार्वजनिक गरेको हो । महासेठ मंगलबार  धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं. ४ स्थित खजुरी रेल्वे स्टेसनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार पारिवारिक रिसिवीका कारण महासेठले आफ्ना ससुराको  पेट लगायत शरीरका अन्य भागहरूमा ४/५ पटक चक्कु प्रहार गरी फरार भएका थिए । घटनामा प्रयोग भएको चक्कुसमेत धनुषा प्रहरीले बरामद गरेको छ ।

घटना सम्बन्धि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतक साह जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहका काका नातामा पर्थे ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update