इन्द्रावतीमा कडाइ गरेका दुलालको मन्त्रालय सरुवा, मनहरि बराल आउँदै
मंगलबार, वैशाख ३०, २०८२
दुलालले योजना कार्यान्वयनमा पनि कडाइ गरे। आयोजनामा अनियमितता देखिएपछि उनले निगरानी कडा पारेका थिए, जसको परिणामस्वरूप गुणस्तरीय संरचना निर्माण भएको स्थानीयको भनाइ छ।
रोशी खोलाले नेपालथोकको डाइभर्सन पनि बगायो, रामेछापको सुनापति आउने सडक अवरुद्ध
मंगलबार, वैशाख ३०, २०८२
बाढीलाई डाइभर्सनका पाइपहरू बगाएको स्थानीय राजकुमार मैनालीले जानकारी दिए । बाटो बगाएपछि सो सडकबाट काठमाडौँ आउजाउ गर्ने यातायात साधनहरू रोकिएका छन् ।
बाढीले अवरुद्ध बिपी राजमार्ग खुलाउने प्रयास जारी
मंगलबार, वैशाख ३०, २०८२
स्थानीय राज मैनालीका अनुसार बाढीले सडक उकास्न बाँकी रहेको रोशी खोला क्षेत्रमा क्षति पुर्याएको छ । ‘उकास्न बाँकी भई खोलामा डाइभर्सन बनाएको क्षेत्रमा क्षति गरेको छ, क्षति भएको ठाउँमा सडक निर्माणको काम भइरहेको छ, दिउँसो २ बजेसम्म सडक खुल्ला’, उनले भने ।
देशभर बढ्यो गर्मी, आज कहाँ कहाँ छ वर्षाको सम्भावना
मंगलबार, वैशाख ३०, २०८२
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । साथै मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका भूभाग लगायत पहाडी भूभागका धेरै स्थानहरूमा अधिकतम तापक्रम बढेको देखिन्छ ।
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
मंगलबार, वैशाख ३०, २०८२
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। किनमेलमा केही खर्च हुने समय छ। एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । आमा र नातागोताको सम्झना भइरहने समय छ । मिहिनेत गर्दा चिताएको काम सम्पादन गर्न सकिनेछ। साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ...
उमाकुण्ड गाउँपालिकामा उँभौली पर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा
सोमबार, वैशाख २९, २०८२
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले आइतबार एक सूचना प्रकाशन गरी उमाकुण्ड गाउँपालिकामा किराँत लगायत अन्य समुदायले मनाउने उँभौली पर्व (स्याँदर पिदार) को अवसरमा वैशाख ३० र ३१ गते दुई दिन स्थानीय पर्व बिदा दिएको जानकारी गराएका छन् ।
अपाङ्गता भएका र विपन्न बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण
सोमबार, वैशाख २९, २०८२
शुभकालिकाका विपन्न बालबालिकालाई प्रतिव्यक्ति झोला, कापी, डटपिन, पेन्सिल, विद्यालय पोसाक, टिफिन बक्स, मसिनो चामल १ बोरा, दाल ५ केजी, तेललगायतका सामग्री वितरण गरिएको हो । शुभकालिका गाउँपालिका–४ का ३० जना र वडा नं ५ का २० जना अति जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामग्री दिइएको हो ।
गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न आग्रह : राष्ट्रपति पौडेल
सोमबार, वैशाख २९, २०८२
गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबिच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी राष्ट्रपतिले कामना व्यक्त गरेका छन् ।
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य
सोमबार, वैशाख २९, २०८२
समितिका अनुसार आज गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५० अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
राष्ट्रिय एकता हासिल गर्न सांस्कृतिक विविधतासहितको पहिचानको सम्मान र संरक्षण अनिवार्य : दाहाल
सोमबार, वैशाख २९, २०८२
बुद्ध जयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण पनि भएको उनको भनाई छ। उनले भनेका छन्, ‘करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतम बुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात...
पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै, यी चार प्रदेशमा वर्षा
सोमबार, वैशाख २९, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी प्रदेश ,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आजको राशिफल : सफलता, प्रेम र स्वास्थ्यको संगम आजको दिनमा
सोमबार, वैशाख २९, २०८२
आज २०८२ वैशाख २९ गते सोमबार। आज नेपालमा सूर्योदय बिहान ०५ः१९ मा भएको छ, सूर्यास्त साँझ ०६ः४३ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे सातु खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।
प्रधानमन्त्री कर्णालीको मार्सी चामल चाखेको कुरा गर्दा संसदमा हाँसो
आइतबार, वैशाख २८, २०८२
‘कर्णाली अहिले धेरै विकास भएको छ, त्यहाँ उत्पादित मार्सी चामालको भात मैले नि खाएको माननीयज्यूहरू जानकार नै हुनुहुन्छ’ भने पछि संसदमा हाँसोको फोहोरा उठेको हो ।
साताको लोकप्रिय

