नख्खु कारागार खाली, निस्किए सबै कैदी

ललितपुर : जेनजीहरूको उग्र प्रदर्शनपछि ललितपुरको नख्खु कारागारमा रहेका सबै कैदी निस्किएका छन् । ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, अहिले कारागार पूरै खाली भएको छ । ‘कोही पनि कैदी अहिले कारागारमा छैनन्,’ अधिकारीले भने ।
यस्तै कास्की कारागारबाट ९ सयभन्दा बढी कैदी बन्दी भागेका छन् भने कैलाली कारागारबाट सबै कैदी बन्दी निस्किएका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ ०९:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय