आजको मौसम : हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने
काठमाडौं - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ ।
तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।
देशको पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३ ०७:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

