Harsamaya
ट्राफिक प्रहरी महाशाखाका सम्पूर्ण सामग्री आन्दोलनकारीबाट चोरी

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौं बगीखानामा मंगलबार आन्दोलनकारीहरूले कार्यालयमा रहेका सामग्रीसहित प्रहरीका लत्ताकपडा समेत चोरी भएको छ । बुधबार एक प्रहरीले कार्यालयमा रहेको मोटर बाइक, ल्यापटप, खाद्यान्नलगायतका सम्पूर्ण सामग्री चोरी भएको बताए ।

उनले भने, ‘हाम्रो अफिसमा रहेको ल्यापटपलगायत सबै सामग्री लगेका छन् । सिभिलमा लगाउने नयाँ कपडाहरू सबै लगे । यहाँ भएका बाइकहरू व्यक्तिका थिए, स्टाफहरूको पनि थियो । सबै लिएर गए । मेरो बाइक पनि थियो लिएर गए । भवनभित्रका सामान केही छैन, सबै लगे । व्यक्तिगत सामानहरू छानी छानी लगे ।’ उनले आफूहरू बसेको कोठाको सामग्री चोरी हुँदा डिउटीमा रहेको  बताए ।   

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update