Harsamaya
नेपालभरका बिमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं -  हाल देशभर उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले आज सूचना जारी गर्दै सुरक्षाको अवस्था सामान्य नहुँदासम्म सबै बिमा कम्पनी तथा तिनका शाखा र उपशाखा कार्यालयहरूलाई वर्क फ्रम होम (घरबाट कार्य सञ्चालन) को व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

प्राधिकरणले बिमा कम्पनीहरूलाई आफ्ना कर्मचारी र भौतिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न पनि विशेष आग्रह गरेको छ ।

साथै, सुरक्षा निकायहरूको आदेश पूर्ण रूपमा पालना गर्न र कुनै पनि अवाञ्छित गतिविधि देखा परेमा तुरुन्तै सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन समेत सूचित गरिएको छ ।

बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणले यस्तो कदम देशमा हालको अस्थिर र संवेदनशील परिस्थितिको सामना गर्न र बिमा सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले चालेको बताइएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update