Harsamaya
सर्वोच्च अदालतका प्रवक्ताको अपिल: एनेक्स भवन भए पनि जोगाऊँ, इतिहास रहन्थ्यो

काठमाडौं - सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले  सर्वोच्च अदालतको एनेक्स भवन भएपनि जोगाउन अपिल गरेका छन्। सर्वोच्च परिसरभित्रै पर्ने एनेक्स भवनमा महत्वपूर्ण कागजात रहेकाले त्यसलाई भएपनि जोगाउन उनले अपिल गरेका हुन्।

त्यहाँ फैसला भइसकेका अभिलेख शाखा समेत छ। ‘त्यहाँ फैसला भइसकेका अभिलेखहरू रहेको शाखा छ। पुरानो मिसिलहरू पनि छन्। त्यसलाई जोगाउन पाए इतिहास रहन्थ्यो,’ उनले भने, ‘अहिलेसम्म सुरक्षित नै छ।  सम्पादन शाखामा भएका किताबहरूमा आगो लागिरहेको छ। ’ चौथो तलामा रहेको सूचना प्रविधि महाशाखा प्रधानन्यालयका केही फैसलाहरू जलेको उनले बताए। 

काठमाडौंमा मंगलबार प्रदर्शनकारीहरूले अदालतभित्रै प्रवेश गरी आगजनी गरेका थिए। अदालतमा लागेको आगो बुधबार बिहानसम्म निभेको छैन। भवनबाट धुवाँको मुस्लो छुटिरहेको छ। 

 

 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update