Harsamaya
सुनसरीको झुम्का कारागारबाट भगाइयो कैदी, कैदीहरूलाई नियन्त्रणमा लिएर कारागारमा बुझाउँदै सेना

विराटनगर - सुनसरीको झुम्का कारागारबाट कैदी बन्दी भागेका छन् । जेन जी पुस्ताको आन्दोलनका नाममा अराजक समूहले मंगलबार राति कारागारबाट कैदी बन्दी भगाएका हुन् । नारा जुलुस गर्दै सानो समूह कारागार पुग्नासाथ कैदी बन्दीहरू भागेको थिए । भागेका मध्ये केहीलाई सेनाले राम धुनी जङ्गल क्षेत्रबाट नियन्त्रणमा लिएको हो । 

कैदी बन्दी भाग्दै गर्दा नेपाली सेनाको टोली त्यहाँ पुगेको थियो । सेनाले केही बन्दीलाई पुन कारागारमै राखेको छ । झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी १ हजार सात सय ९८ जना कैदी रहेका थिए ।

सेनाको अप्रेसनबाट  राम धुनी जङ्गल,  सुनसरीका विभिन्न स्थान र विराटनगर लगायत मोरङका विभिन्न स्थानबाट धेरै कैदीहरूलाई नियन्त्रणमा लिएर कारागार बुझाउने काम गरिरहेको छ ।

यस्तै जेनजीको नाममा अराजक समूहले मोरङको इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीमा रहेका सबै थुनुवालाई भगाएका छन् ।

उर्लाबारीमा १९ र पथरीमा १४ जना थुनुवा थिए । अराजक समूहले इलाका प्रहरी कार्यालय पथरीको मुद्दा शाखाको कागजात जलाएका छन् । कारागारबाट भागेका कैदी बन्दीलाई इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर र भगवती दल गणले रातको तीव्र अपरेसन सञ्चालन गरेको छ ।

 

 

 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update