कोशी र बागमतीमा वर्षाको सम्भावना
काठमाडौं - आज दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
राति कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ।
तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। राति कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: बुधबार, असोज १४, २०८३ ०६:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

