
काठमाडौं - नेपाली सेनाले देशभर कर्फ्यु आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यु आदेश जारी भएको सेनाले जनाएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जनाएको हो।
बुधबार बेलुका पाँच बजेसम्म देशभर निषेधाज्ञा जारी रहने र साँझ पाँच बजेपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी रहने सेनाले जनाएको छ । सेनाले आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहहरूले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेको जनाएको छ । व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरू गरिरहेको र गर्न सक्ने सम्भावना रहेको सेनाले जनाएको छ ।