Harsamaya
मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन
मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन बजेट ल्याउन १७ दिनमात्र बाँकी रहँदा मन्त्री फेर बदल गरेकोले मधेश प्रदेश सरकारप्रति सामाजिक सञ्जालहरूमा नकारात्मक टिप्पिन हुन लागेको छ ।
लुम्बिनी प्रदेश सभाको बैठक  बस्दै
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम मुख्यमन्त्री चेतनारायण आचार्यले सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।प्रस्तावलाई सभामुख तुलाराम घर्ती मगरले निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
एक साता पछि हुम्लाको तिलगाउँमा प्रदेश सरकारको राहत 
एक साता पछि हुम्लाको तिलगाउँमा प्रदेश सरकारको राहत  पहिरो प्रभावितका लागि ५ सेट अस्थायी घर, २० क्विन्टल खाद्यान्न, १८ सेट सोलार सिस्टम र म्याट्रेस लगायतका सामाग्री पठाइएको गौतमले जानकारी दिए ।
 एमाले गण्डकी प्रदेश सदस्य केशर छन्त्याल माओवादी प्रवेश
 एमाले गण्डकी प्रदेश सदस्य केशर छन्त्याल माओवादी प्रवेश उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । छन्त्याल नेकपा एमालेबाट विजयी भएर गण्डकी प्रदेश सभा पुगेका थिए । 
मधेश सरकारले सञ्चार क्षेत्र र शहिद परिवारलाई विशेष ध्यानमा राखेर बजेट ल्याउने 
मधेश सरकारले सञ्चार क्षेत्र र शहिद परिवारलाई विशेष ध्यानमा राखेर बजेट ल्याउने  उनले पत्रकार र सञ्चारमाध्यमहरुका लागि विशेष प्याकेजहरुको व्यवस्था गर्ने जानकारी दिए । पत्रकारको दुर्घटना बीमाका साथै प्रदेशका ज्येष्ठ पत्रकारहरूको सम्मानलगायतका कार्यक्रमहरू ल्याउन लागेको बताए । 
कृषि क्षेत्रको विकासमार्फत प्रादेशिक अर्थतन्त्रलाई मजबुत बनाउन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री सिंह
कृषि क्षेत्रको विकासमार्फत प्रादेशिक अर्थतन्त्रलाई मजबुत बनाउन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री सिंह उनले स्टार्टअप सम्बन्धी कार्यक्रमका लागि विनियोजित बजेट परिचालन गर्न कार्यविधि बनाई काम अगाडि बढाउँदा बैँकहरूको अरुचिका कारण समस्या परेको भन्दै आगामी वर्षमा स्टार्टअप तथा इन्क्वीवेसन सेन्टर वीरगन्जमा स्थापनाका गर्नका लागि बजेट छुटाइने पनि उल्लेख गरे ।
नाकामा झोले पोकेलाई तर्साएर राति ट्रक छिराउने प्रवृत्ति अन्त्य हुनुपर्छ  - पूर्वमुख्यमन्त्री कार्की 
नाकामा झोले पोकेलाई तर्साएर राति ट्रक छिराउने प्रवृत्ति अन्त्य हुनुपर्छ - पूर्वमुख्यमन्त्री कार्की  उनले यस्तो गतिविधिले राजस्व संकलनमा गम्भीर असर पारिरहेको भन्दै प्रदेश सरकारले संघ सरकारसँग मिलेर सशक्त रूपमा हस्तक्षेप गर्नुपर्ने बताए । 
मेलम्ची-१२ ले पायो नयाँ प्रशासकीय भवन 
मेलम्ची-१२ ले पायो नयाँ प्रशासकीय भवन  ४ करोड ६२ लाख रुपैयाँको बजेट सुनिश्चित गरिए पनि भवन निर्माण कार्य २ करोड ९७ लाख रुपैयाँमा सम्पन्न भएको वडा अध्यक्ष गणेशबहादुर तामाङले जानकारी दिए । 
सुन्दरहरैचा नगरपालिकाले  ‘उत्कृष्ट ढुकुर जोडी’लाई सम्मान गर्ने
सुन्दरहरैचा नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’लाई सम्मान गर्ने विभिन्न मापदण्ड राखेर नगरपालिकाले १० दिने म्याद राखेर सूचना जारी गरेको छ । उत्कृष्ट जोडीले वडामा सम्पर्क गर्न नगरपालिकाले भनेको छ ।
‘बागमती सरकारले लाखौँका महंगा गाडी खरिद गर्यो तर विपदमा परेका नागरिकका समस्या सुनेन’
‘बागमती सरकारले लाखौँका महंगा गाडी खरिद गर्यो तर विपदमा परेका नागरिकका समस्या सुनेन’ अहिलेका मुख्यमन्त्री र मन्त्रीहरू सधै स्थायी रुपमानै अहिलेको पदमा बस्न पाइन्छ भन्ने सोचका साथ काम गरेको बताउँदै ती सांसदले भने–‘पद अस्थायी चीज हो । अहिले सरकारमा गएर रवाफ देखाएपनि पछि हामी जस्तै अवस्थामा बस्नुपर्ने हुन्छ । त्यसैले सुविधामा रमाउने भन्दा पनि जनताको सेवा गर्नुपर्छ ।’
शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ 
शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ  यौन शोषणमा परेकी एक युवती तथा उनको परिवारको गोपनीयता भङ्ग गरेको आरोप उनीमाथि लागेको छ । चौधरी लोसपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, आजबाट छलफल हुँदै
कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, आजबाट छलफल हुँदै प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेश सभामा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माणलाई मूल लक्ष्य बनाएको स्पष्ट पारे । प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहको पारदर्शिता र प्रभावकारिता, र विधिको शासनलाई सुदृढ गर्ने विभिन्न रणनीतिहरू अघि सारेको छ ।
Weather Update