Harsamaya
मधेश सरकारले सञ्चार क्षेत्र र शहिद परिवारलाई विशेष ध्यानमा राखेर बजेट ल्याउने 
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी ।

जनकपुर - मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेश सरकारले सञ्चार क्षेत्र र शहिद परिवारलाई विशेष ध्यानमा राखेर बजेट ल्याउन लागेको जानकारी दिएका छन् ।

जिल्ला तथा प्रदेशका पत्रकारहरुसंग छलफलका क्रममा मन्त्री लेखिले बजेट निर्माको कार्य तीव्र गतिमा भइरहेको बताए । 

उनले पत्रकार र सञ्चारमाध्यमहरुका लागि विशेष प्याकेजहरुको व्यवस्था गर्ने जानकारी दिए । पत्रकारको दुर्घटना बीमाका साथै प्रदेशका ज्येष्ठ पत्रकारहरूको सम्मानलगायतका कार्यक्रमहरू ल्याउन लागेको बताए । 

उनले आठवटै जिल्लाका पत्रकार महासंघका लागि फर्निचर र उपकरणहरू प्रदान गर्ने गरी बजेटमा समावेश गर्न लागेको सुनाए । त्यस्तै, बजेटमा शहिद परिवारका सदस्यहरूका लागि विशेष प्याकेज र सुविधाहरूको व्यवस्था गरिएको उनले बताए । 

सहिद परिवारका छोराछोरोहरूलाई छात्रवृत्ति, रोजगारीका लागि सीपमुलक प्रशिक्षण, प्रशिक्षण पश्चात् शिप अनुसारको सामग्री हस्तान्तरण लगायतको व्यवस्था अबको बजेटमा गरिने मन्त्री लेखीले जानकारी दिए ।

उनले नीति तथा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको र जेठ १५ लगतै प्रदेश सरकारले बजेट प्रस्तुत गर्ने बताए 
 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update