Harsamaya
शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ 
शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी ।

काठमाडौं - कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । अध्यक्ष कमलेशशरण चौधरी आफैँ प्रहरी कार्यालयमा हाजिर भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले बताए । 

उनीविरुद्ध रूपन्देही जिल्ला अदालतले जेठ १ गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी केही दिन फरार भएका थिए । उनी विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका हुन् ।

यौन शोषणमा परेकी एक युवती तथा उनको परिवारको गोपनीयता भङ्ग गरेको आरोप उनीमाथि लागेको छ । चौधरी लोसपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update